हाम्रो मस्तिष्कमा घटाउ र भागा छैनन् । यसमा जोड र गुणनमात्र छ । यदी कोही व्यक्ती आपm्नो मस्तिष्कबाट नकारात्मक सोच निकालेर सकारात्मक सोच हाल्छु भन्छ भने उसलाइ शुभकामना छ तर यो असम्भव छ । यसकालागी तपाइले यसले कसरी काम गर्छ भन्ने कुरामा थोरै ध्यान दिए मात्र पुग्छ । यसो गर्दा तपाइले थाहा पाउनु हुनेछ कि तपाइँ र तपाइँको सोचको बिचमा उल्लेख्य भिन्नता छ ।
सामान्यतया मानिसको मनमा आउने प्रश्न भनेको यहाँ सकारात्मक सोच र नकारात्मक सोच छ र सबै जना नकारात्मक सोचलाइ हटाएर सकारात्मक सोच ग्रहण गर्न चाहान्छन् । तर बास्तवमा मानिसको सोचको गती र प्रकृती यस्तो हुन्छ कि तपाँइ बलपुर्वक जुन विषय बिर्सन चाहानुहुन्छ त्यसको बैचारीक व्यास आझ तिब्र गतिमा बढेर जान्छ । आज भोली नैतिक र आध्यात्मिक गुरुहरु बारम्बार मस्तिष्कबाट नकारात्मक बिचार हटाउने शिक्षा दिनुहुन्छ । जसले प्रत्येक प्रयत्नमा तपाइलाइ थप नकारात्मकताको नजिक पु¥याउछ ।
तर जब तपाइ ५ मिनेटको लागी आँखा बन्द गरेर बस्नु हून्छ तँपाइले थाहा पाउनुहुनेछ कि यो बिचारमाथीको नियन्त्रण तपाँइको क्षमातामा छैन् । यदि तपाँइ बलपुर्वक यसलाइ हटाउने प्रयत्न गर्नुहुन्छ भने कालान्तरमा गएर यो हठ नै तपाँइको बिशेषता बन्नेछ र सदा तपाँइको साथमा रहने छ ।
बिचारमाथीको नियन्त्रणकालागी हामीले हाम्रो मस्तिष्कको आधारभुत संरचनाको बारेमा बुझ्न जरुरी छ । किनकी हामी मानव जातीको मस्तिष्क भनेको यो धराको सबैभन्दा जटिलतम कम्प्युटर हो । यस बाट नै विभिन्न जटिलतम कम्प्युटरको जन्म भएको छ । यदी यसो हो भने हामीले यसको कार्य प्रक्रियाको बारेमा बुझ्न जरुरी छैन र ? अघिनै भने जस्तै यसमा घटाउ र भागा छैन् मात्र जोड र गुणन छ । तपाँइ यसका साथ केही गर्नु हुन्छ भने यसले अझै थप गर्न लगाउँदछ । फेरी तपाँइ बलपुर्वक प्रयत्न गर्नु हुन्छ भने यो प्रक्रिया गुणन भएर अनेकौं हुनेछ ।
यसकालागी तपाँइले सबैभन्दा पहिले बुझ्न जरुरी छ कि यो शरिर र यो मस्तिष्क तपाँइको सेवाकालागी हो । तर आज भोली धेरै मानिसहरु यो मस्तिष्कको अथाहा शक्ति र सम्भावनालाइ नबुझीकन यसलाइ अर्थहिन मान्न थालेका छन् ।
यसलाइ बुझ्नकालागी कुनै एकान्त ठाउँमा गएर आँखा बन्द गरि ढाड सिधा राखेर चुपचाप बस्नुहोस । तपाँइले पाउनुहुनेछ कि तपाँइले आँखा बन्द गरे पनी तपाँइको अस्तित्व हराएको छैन तपाँइ अझै जिवन्त नै हुनुहुन्छ । अब आफ्नो जिवन्तताको प्रमाण जस्तै तपाँइको श्वाशको गती , तपाँइको मुटुको धड्कन् या शरिर भित्रको हलचललाइ ध्यान दिएर सुन्नुहोस र हेर्नुहोस । अनी बिराट अन्धकारमा आफैंलाइ त्यसबेला सम्म खोज्नुहोस जबसम्म पाउनुहुन्न् ।
